धरान : मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगौंडा बस्ने ३२ वर्षीय बर्जमोहन यादब र सोही नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई १ केजी अवैध लागूऔषध गाँजा र नगद ८ हजार १ सय ५० रुपैयाँ सहित  प्रहरीले पक्राउ गरेको छ ।

बर्जमोहनले लागूऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए । साथै प्रहरीले उनीहरुको साथबाट को।२२ प ५४७३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।