धरान : मोरङमा प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका -१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेकाछन । उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
सुडी बस्तमा तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाई भिड जम्मा गरी ईलाका प्रहरी कार्यालय रानीको ना १ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्याएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको खड्काले बताए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        