धरान :  मोरङ जिल्लाको कटहरी गाँउपालिका -१ सिङगिया खोला नजिक हाटखोलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३ केजी गाँजा सहित धरानका २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान -१५ बस्ने ३४ बर्षिय आशिष राई र धरान -१६ बस्ने २२ बर्षिय संजिव राई रहेकाछन । को २५ प ८०७४ नम्बरको मोटरसाईकलमा सवार गरि आउदा उनीहरले बोकेको झोला चेकजाँच गर्ने क्रममा अन्दाजी ३ केजी गाँजा लुकाई छिपाई ल्याएकोमा गाँजा, मानिस, मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले वानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको खड्काले बताए ।