धरान : धरान १५ का एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा धरान ८ को औद्योगिक क्षेत्रको प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली. मै कार्यरत धरान १५ बस्ने एक जना ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरानमा भेटिएका सङ्क्रमितहरू औद्योगिक क्षेत्र भित्र रहेकाहरूमा मात्रै देखिएको थियो तर पहिलो पटक सोही औद्योगिक क्षेत्र भित्र काम गरेर दैनिक आउजाउ गर्नेमा कोरोना पुष्टि भएको हो । उनी धरान १५ मा किराना पसल समेत सञ्चालन गर्ने भएको बताइएको छ ।