धरान : सुनसरी जिल्लाको इटहरीमा गत साउन १ गते ६५ हजार घुससहित प्रकाउ परेका इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेलउपर भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानको सिलसिलामा शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग ६५ हजार घुस माग गरेको बताए पछि पोख्रेलउपर भ्रष्ट्राचारको अभियोगमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ मा भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था 'ग ' ५० हजार रुपैयाँभन्दा बढी १ लाख रुपैयाँसम्म ४ महिनादेखि ६ महिनासम्म कैद रहेको उल्लेख छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई इटहरी बिपी चोक स्थित एक होटेलबाट  घुस लिँदालिँदै पक्राउ गरेको हो ।

अख्तियारले पोखरेल माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३ )को उपदफा (१ ) को कसुर अपराध भएको भन्दै ६५ हजार बिगो कायम गरी उक्त ऐनको दफा (३) को उपदफा (१) र दफा (३ ) को उपदफा (१) को खण्ड 'ग' बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अधिकारीले बताए । bi