कोसी अस्पतालमा कोरोना आशङ्का गरिएका एक जनाको मृत्यु

  • श्रावण २०, २०७७
  • ३४३ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : कोसी अस्पताल विराटनगरमा उपचारका लागि ल्याइएका कोरोना सङ्क्रमण आशङ्का गरिएका एक जना बिरामीको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषलाई गए राति साढे १२ बजे उपचारका लागि अस्पताल ल्याईपुर्याईएकोमा उनको अस्पतालमा भर्ना गर्नु पहिले नै मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दाशले बताए ।

उनमा श्वास फेर्न गाह्रो भएको, वाकवाकी लाग्ने र ज्वरो आएकोले कोरोना आशङ्का गरिएको हो । मृतकलाई अहिले कोसी अस्पतालको आइसोलेसन वार्डमै राखिएको छ भने स्वाब लिई सकिएको छ । स्वाबको रिपोर्ट आए पछि कोरोना नेगेटिभ आएको खण्डमा मात्रै मृतकका आफन्तलाई शव बुझाउने र पोजेटिभ आएमा सरकारी प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने मेसु डा. चुमनलाल दाशले बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved