धरान : कोसी अस्पताल विराटनगरमा कोरोना आशङ्का गरिएका मृतकको रिपोर्ट नेगेटिभ आएको छ ।

उदयपुरको बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषलाई गए राति साढे १२ बजे उपचारका लागि अस्पताल ल्याईपुर्याईएकोमा उनको अस्पतालमा भर्ना गर्नु पहिले नै मृत्यु भएको थियो । उनमा कोरोना जस्तै लक्षण श्वास फेर्न गाह्रो, उच्च ज्वरो आएकोले उनको मृत्यु पश्चात् स्वाब लिइएको थियो । उनको रिपोर्ट कोरोना नभएको नेगेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दाशले जानकारी दिएका छन् ।

यसै गरी हिजो कोरोना सङ्क्रमणबाट मृत्यु भएका मृतकको श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको मेसु डा. चुमनलाल दाशले जानकारी दिएका छन् ।