धरान : इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी सहित इटहरीमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्राप्त जानकारी अनुसार इटहरी उपमहानगरपालिका ६ र ९ नम्बर वडाका २ जना सहित एक जना उपमहानगरपालिकाको कर्मचारी रहेको स्रोतले बताएको छ । कोरोना सङ्क्रमितहरूको रिपोर्ट इटहरी उपमहानगरपालिकामा आई सकेको भए पनि सार्वजनिक गरिएको छैन ।

इटहरीमा समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएको र समुदायका मानिसमा निरन्तर सङ्क्रमण देखिएकोले इटहरी उपमहानगरपालिकामा अव के गर्ने ? भन्ने बारेमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठक अहिले ४ बजे इटहरी अस्पतालमा वस्दैछ ।

कोभिड १९ महामारीको समीक्षा र आगामी रणनीति तयार गरी लकडाउन सम्म हुन सक्ने इटहरी उपमेयर लक्ष्मी गौतमले आफ्नो फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

Laxmi-Gautam