धरान :  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रोट्रयाक्ट क्लब अफ धरान घोपाको योजना अन्तर्गत बृहत वृक्षारोपण कार्यक्रम गरी १२ सय बिरुवा रोपिएका छन ।

मानव र वृक्ष बीचको सम्बन्ध अनादी कालदेखि नै घनिष्ठ रहेको र जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिने हुदा अमला, जामुन, गुलमोहर प्रजातिका बिरुवाहरु वातावरणमा छुटै महत्व रहेकाले बिपी परिसरमा यिनै प्रजातिका बिरुवाहरु रोपिएको संस्थाका निर्देशक एन्जल शाहले बताए ।

“वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारासहित प्रतिष्ठान भित्रै भएको खाली जग्गाहरूको सदुपयोग साथै पर्यावरणमा टेवा पुर्याउने उदेश्यले वृक्षारोपण गरिएको र आगामी दिनहरूमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने योजना रहेको संस्थाकी अध्यक्ष रस्मिता सुनुवारले बताइन ।

धरान उपमहानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरिक्षक राजु चौहान लगायत क्लबका पदाधिकारीहरूको साथमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।