धरान :  जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार राती उदयपुरको गढि- ७ बाट अवैध रुपमा ढुङगा गिट्टी  दोहन गरिरहेका ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, गिट्टी, ढुङगा चोरी निकासीको लागि लुकिछिपि रहेका ७ ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी प्रमुख भिम दाहालले जानकारी दिए। 

प्रहरीले स १ त ४९८२,स १ त ४७११, स १ त ६९९४,स १ त ७४००स १ त ५०२७,स १ त ७००९ र एक अन टेष्ट (नंम्बर बिना) को सहित ७  ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुकार प्रहरी निरिक्षकको कमाण्डमा रहेको टोलीले ट्याक्टर नियनत्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।