धरान : धरान-१३ स्थित शिवधारामा आगलागी हुदा २ लाख ५० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका अनेरास्ववियूका विद्यार्थी नेता भुपेन्द्र देवानको घरमा हिजो मङगबार आगलागी  भएको हो ।

देवानको घरमा २ दिन देखि बिजुली बिग्रेको थियो । देवानका अनुसार नेपाल विद्युत प्राधिकरण धरान वितरण शाखा समयमा खबर गरेको तर बनाउन नआएको उनले बताए।

टिनको छानो भएको भुँइ घरमा बिजुली नभएपछि मैनबत्ति बालेर सुत्ने गर्थे । बालेको मैनबत्ति  निभाउन बिर्सिएपछि मैनबत्ति टेबलमा सल्केर हिजो मङगबार ८:३० मा आगलागी भएको थियो ।

८:३० मा लागेको  आगो ९ बजे नियन्त्रणमा लिइसकेको  धरानका नगर प्रहरी प्रमुख बिष्णु कोइरालाले जानकारी दिए । प्रहरी, दमकल र छिमेकीको सहकार्यमा आगो नियन्त्रणमा आएको थियो ।