धरान : मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं -७ स्थित सनराइज  बैंकको शाखा कार्यालयमा ३० बर्षिय कर्मचारी सनाज खतिवडा  मृत फेला परेकीछन । 

बैंकको सि.सि टिभी फुटेज झिकेर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

दिउँसो  ३ बजे बैंकको शौचालयमा मुसाको औषधी हातका लिएको र हात समेत काँटिएको अवस्थाका देखेपछी कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

खतिवडालाई तत्काल नोबेल अस्पतालमा पुर्याएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको छ ।  शव पोष्टमार्टमकोलागि कोशी अस्पतालमा लाने तयारी गरिरहेको राईले बताए ।