धरान : धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको भन्दै स्थानीय निकाय धरान उपमहानगरपालिकाले आज देखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

Lokdaun-2-6 लकडाउन घोषणा सँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सुनसरी जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेपछि धरानको लकडाउन निकै कडा पारिएको छ । धरानका मुख्य चौक छाताचौक, भानुचौकमा नगर प्रहरी र प्रहरी तैनाथ छन् भने धरानका भित्री सडकहरूमा पनि यस भन्दा पहिलेको तुलनामा निकै सुनसान देखिएका छन् । तर धरान १४ विजयपुर क्षेत्रमा भने आज पनि मर्निङवाक गर्ने भेटिएका थिए ।

Lokdaun-2-3 धरानमा सवारी साधन र सर्वसाधारणलाई हिडन र आउजाउ गर्न पुर्णरुपमा कडाइ गरिएको छ ।
हिजो साँझ धरानमा थप १२ जनामा कोरोना सङ्क्रमण भएपछि धरानमा अव भने साँच्चै समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ । यसले गर्दा पनि धरानबासीले अव अटेर होइन साँच्चै सचेत र सजग भएर कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नुपर्ने धरानका मेयर तिलक राईले बताएका छन् । त्यसैले सबै नगरबासीलाई धरान उपमहानगरपालिकाले घोषणा गरेको लकडाउनलाई पुर्णपलना गर्न पनि मेयर राईले आव्हान गरेका छन् ।

Lokdaun-2-5 Lokdaun-2-2 Lokdaun-2-1 Lokdaun-2-7