धरान : धरानमा समुदायमा कोरोना सङ्क्रमण भएको छ की छैन भनेर सुरु गरिएको रेनडम मास टेस्टिङको क्रममा आज धरानमा थप १ जनामा कोरोना पुष्टि भएको छ ।

धरान २ का २६ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति भारतीय रहेको र हात उनी धरान २ मा तरकारी व्यवसायी गर्दै आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

रेनडम मास टेस्टिङको क्रममा धरान उपमहानगरपालिकाले धरानका सम्भावित स्थान र आशङ्का गरिएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्नेक्रममा पहिलो दिन लिइएको स्वाबमा धरान २ का ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।