धरान : धरान १५ का एक १० वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रेनडोम मास टेस्टिङको क्रममा दोस्रो दिन लिइएको स्वाबको नमुनामा ती बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताइएको छ ।