झापामा सुर्ती र मलको तस्करी, सशस्त्र प्रहरीद्वारा गाडी सहित ४ लाखको सामान बरामद

  • श्रावण २३, २०७७
  • ३०० पटक पढिएको
  • कपुरी न्युज
alt

धरान :झापाको दक्षिणी नाकाबाट सुर्ती र युरिया मलको तस्करी भइरहेको छ ।

सशस्त्र प्रहरीले सुर्ती र युरिया मल बरामद गरेपछि तस्करी गतिविधि भइरहेको खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापा र बोर्डर आउट पोस्ट केचनाबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको तीन बोरा सुर्ती, ४८ बोरा युरिया मल र १६ कार्टुन सलाई बरामद गरेको छ । केचनाबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ प २६०१ नम्बरको मोटरसाइकल र मे १ ह ६१५५ नम्बर को टेम्पुमा राखिएको सुर्ती, युरिया मल र सलाई बरामद गरिएको सशस्त्र प्रहरीका डिएसपी द्रोण विक्रम शाहले जानकारी दिए ।

बरामद गरिएको सामान र सवारीसाधन गरी ४ लाख १२ हजार ६ सय मूल्य तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुद्दशान्ति गाउँपालिका २ जयपुर स्थित बिरीङ्ग खोलाको किनारमा लुकाई राखिएको २ लाख मूल्य बराबरको साल जातको चिरान काठ बरामद गरेको छ । बरामद गरिएको १० क्युफिट र गोलिया काठ ३५ क्युफिट गरी जम्मा ४५ क्युफिट काठ अर्जुनधारा १ स्थित हचुमारा सामुदायिक वनमा बुझाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved