केरला : दुबईबाट १९१ जना यात्रु लिएर आएको एअर इन्डियाको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

केरला राज्यको क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा २० यात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्। सो क्षेत्रमा ठुलो वर्षा भइरहेको थियो।