धरान : धरानमा १० वर्षीय बालक सहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज संक्रमित हुनेहरूमा धरान ४ का १ जना १० वर्षीय बालक, धरान १० का ३१ वर्षीय पुरुष र धरान १५ का ३२ र ७१ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

सङ्क्रमितको पूर्ण विवरण आइनसकेकोले सङ्क्रमितको बारेमा थप जानकारी लिने कार्य भइरहेकाे मेहेताले बताए ।