धरान : धरानमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै एक साताका लागि गरिएको लकडाउनको कुनै प्रवाह नगरी सर्वसाधारण थेत्तरो भएर घर बाहिर निस्किदा समस्या हुने गरेको छ ।

धरानका सर्वसाधारणले कोरोना केही होइन र के पनि हुँदैन भने जस्तै घर बाहिर निस्किन थालेकोले लकडाउनको उल्लङ्घन भइरहेको सुरक्षाकर्मीहरू बताउछन । आफूहरू दिनभरि तातो घाममा सडकमा खटेका छौ, धरानमा समुदायमा कोरोना फैलिएकोले थप नफैलियोस् भनेर लकडाउन गरिएको छ तर हामीलाई सर्वसाधारणले टेर्न छाडे' डिउटीमा सडकमा खटिएका एक सुरक्षाकर्मीले भने ।

“यहाँ कोरोना संक्रमितक्षेत्र प्रवेश निषेध छ” भनेर सूचना लेखेर बाटो अवरुद्ध गरिएको ठाउँमा जर्वजस्ती निहुरिएर बाँसको बार नाघ्दै गरेको तस्बिरहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ । यसले पनि के प्रस्ट पार्छ भने धरानवासीहरू शिक्षित भएर पनि अशिक्षित जस्तै व्यवहार गर्ने गर्नाले सुरक्षाकर्मीलाई हैरानी हुने गरेको छ ।
शिक्षित अबुझहरूले गर्दा धरानमा पछिल्लो पटक समुदायमा कोरोना फैलिरहँदा पनि सर्वसाधारण कोरोना देखि डराउन छाडेकोले धरानमा लकडाउन कार्यान्वयन गराउन निकै गाह्रो भएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइराला बत्ताउँछन् । उनी भन्छन् “समुदायमा तीव्र गतिमा फैलिएको कोरोना रोकथामको लागि गरिएको लकडाउन त्यतिकै भएको जस्तो गर्छन् ।”

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार लकडाउन पहिलेको तुलनामा धरानमा कडाइ गरिएको बताउछन। लकडाउन उल्लङ्घन गर्नेहरूलाई सम्झाई बुझाई गरेर प्रहरीले पठाउने गरेको छ ।

लकडाउन घोषणा गर्नुको मुख्य कारण धरानमा कोरोना सङ्क्रमण नफैलियोस् र अरूलाई यो भाइरस सङ्क्रमण नहोस् भनेर हो । तर यसरी सर्वसाधारण घर बाहिर निस्किने हो भने धरानमा त्यसै पनि बढी रहेको सङ्क्रमण झन् भयावह हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउछन । त्यसैले अत्यावश्यक काम परेर घर बाहिर निस्किनु परेमा मास्क, पन्जा लगाएर सुरक्षित भएर मात्रै निस्कै, लकडाउन पूर्ण पालना गरौँ कोरोना सङ्क्रमणबाट बचौँ र बचाउ ।