धरान : मोरङ जिल्लाको बिराटनगर महानगरपालिका -१६ दरैयाबाट साउन २४ गते एपीएफ टोलीले  २३ लाख ७१ हजार मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका- १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता रहेकाछन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उक्त सुनसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका डिआइजी वंशीराज दाहालले जानकारी दिए । ।

सिमा सिल रहदा समेत गत शनिबार बिहान ७ :३० बजे नेपालबाट साईकलमा दुध बोकी गुप्ता भारत तर्फ जाँदै गर्दा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा सुन फेला परेको हो । उनले र्यापिङ पेपरमा बेरेर २ सय ६७ ग्राम दुई सय २० मिलिग्राम काँचो सुन गोजिमा राखेका थिए ।

एपीएफ टोलीले त्यसवेला निज गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ । प्रक्राउ परेका गुप्तालाई आइतबार रानि भन्सार कार्यालय मोरङ बुझाएको दाहालले बताए ।