धरान : पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४० जना संक्रमित डिस्चार्ज भएका थिए ।

देशभरका प्रयोगशालामा ८ हजार ४सय ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४ सउ ९३ पुगेको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।