धरान : धरानमा आज बिहान कोरोना सङ्क्रमण पुष्टि भएका कोरोना सङ्क्रमितलाई अस्पतालमा बेड अभावको कारण होम आइसोलेसनमै बसिरहेका छन् ।

धरान १३ का दुई जना आफै होम क्वारेनटाइनमा सुरक्षित तरिकाले बस्ने बताएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । आज एक जना महिला र २ जना पुरुषलाई भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिने र बाँकीलाई प्रतिष्ठानमा भोलि बेड खाली भएपछि गरिने बताइएको छ ।

धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण छ की छैन भनेर गरिएको मास टेस्टिङको क्रममा ११७७ जनाको स्वाब लिइएको छ । जस मध्ये आधाको रिपोर्ट आइसकेको र बाँकीको रिपोर्ट आउने क्रम जारी रहेको बताइएको छ ।


आज ९८ जनाको स्वाब लिइयो
एन्फा क्वारेनटाइनमा आज ९८ जनाको स्वाब लिइएको छ ।

९८ जना मध्ये १५ जना क्रन्च फिटनेसका रहेका थिए । बाँकी एन्फा क्वारेनटाइन, होटल र होम क्वारेनटाइनमा बस्नेहरू र एक जना बाहिरको मान्छेको स्वाब लिइएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।