धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरको परिवारका ३ जनामा कोरोना सङ्क्रमण भएको भएको छ ।

प्रतिष्ठानको इएनटीका कोरोना संक्रमित डाक्टरको ३ जना परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कनट्र्याक्ट ट्रेसिङको क्रममा उनको परिवारका अरू ३ जनामा कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठान स्रोतले बताएको छ । यसबारेमा प्रतिष्ठानले भने आधिकारिकरुपमा जानकारी दिएको छैन ।

प्रतिष्ठानमा पछिल्लो समय प्रतिष्ठान भित्रै काम गर्ने चिकित्सकहरूमा कोरोना सङ्क्रमण देखिन थालेको छ । प्रतिष्ठानले प्रतिष्ठान हाता भित्र लकडाउन जारी गरे पनि प्रतिष्ठान भित्रका डाक्टरहरू धरान बाहिर आउजाउ गर्नाले कोरोना सङ्क्रमण प्रतिष्ठानमा फैलिएको प्रतिष्ठानका चिकित्सकहरू बत्ताउँछन् ।

प्रतिष्ठानमा कोरोना संक्रमित डाक्टरहरू क्वाटर आइसोलेसनमै रहेका छन् भने इन्टर डाक्टर १ जना, एमएसीको विद्यार्थी १ जना र एमबिबिएसका एक जना विद्यार्थीलाई भने आइसोलेसनमा भर्ना गरिएको छ ।