धरान : धरानमा आफ्नो जन्म दिनको अवसरमा एक मजदुर नेताले असक्तलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले उनको जन्म दिनको अवसर पारेर धरान–१५ का पुण्य प्याकुरेललाई एक बोरा चामल दाल लगायतका सामाग्री सहयोग गरेका हुन ।

दुर्घटनामा परेर लामो समयदेखि प्याकुरेल ओछ्यानमा थला परेका छन् । अरूलाई पार्टी खुवाएर भन्दा जो असक्त छन् उनीहरूलाई सहयोग गर्दा पवित्र हुने सोचेर सहयोग गरेको नेकपा धरान सचिवालय सदस्यसमेत रहेका बाँनियाले बताए ।

नेकपा उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदी मजदुर सङ्गठनका उपमहानगर अध्यक्ष कमल भट्टराई, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीको उपस्थितिमा उनले सहयोग गरेका हुन ।