धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा भोलि देखि अर्को सूचना जारी नहुन्जेल सम्म बन्द हुने भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज एक सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमण लाई फैलन नदिन र रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानको ओपिडी सेवा साउन २८ गते देखि अर्को सूचना नहुन्जेलसम्म पूर्वरूपमा बन्द रहने जनाएको छ ।

प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यही भित्रका चिकित्सकहरूमा कोरोना सङ्क्रमण भइरहेकोले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।

Suchana