धरान : धरान उपमहानगरपालिका वडा नं -११ निवासी सर्दु खोला नजिकै सुसुकुम्बासीमा बस्ने १५ बर्षीय मनोज लिम्बुलाई ब्रेन टिबी रोग लागेको छ । उपचार गराउन आर्थिक अवस्था कमजोर भएपछि उनका परिवारले सहयोगको अपिल गरेकाछन ।

गत ६ महिना देखि टाउकोमा पानी जम्ने (ब्रेन टिबी ) रोग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेको थियो । प्रतिष्ठानबाट उपचार हुन नसकेपछि नोबेल अस्पताल हुन्दै अहिले काठमाडौंमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा हालसम्म १६ लाख खर्च भएको र अझ निकै खर्च हुने भएकाले खर्च धान्न नसकेपछि मनोजका बुबा हेम लिम्बूले सहयोगको अपिल गरेका हुन । लिम्बूले वडा कार्यालय , उपमहानगरपालिका र संघसंस्था र मनकारी मनहरुलाई सहयोगको अपिल गरेकाछन ।

आज धरान उपमहानगरपालिका -१५ निवासी सुस्मिता सयोक्पा लिम्बुको संयोजकमा धरान -२ का वडा सदस्य धर्म तामङ, समाजसेवी डेबिट सुब्बा, छिमेकी इन्द्र कला गुरुङ, र नरेन्द्र कुमार लिम्बुको उपस्थितमा ५० हजार बिमारीका बुवाका भतीजी सुनिता लिम्बुलाई हस्तान्तरण गरेकाछन ।

मानविय नाताले आर्थिक समस्या भएको सुनेपछि मनोजलाई सहयोग गरेको सुस्मिताले बताइन । drn