धरान : धरान उपमहानगरपालिकामा आज थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको रेनडोम मास टेस्टिङको क्रममा लिइएको स्वाबको नमुनाको आज आएको रिपोर्टमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार ८ जना मध्ये ६ जना मात्रै धरानको र २ जना धरान बाहिरको एक सभासद् र उनको श्रीमानमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।

आज कोरोना संक्रमित थपिएकामा धरान १५ का ३३, ३९ वर्षीय पुरुष र एक जना ३७ वर्षीय महिला सहित ३ जना, धरान १६ का २५ र २१ वर्षीय २ पुरुष, धरान ८ का ३८ वर्षीय पुरुष धरान १० का २२ वर्षीय पुरुष र धरान १८ ठेगाना लेखिएको १ जना गरी जम्मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या आज थपिएका २ जना धरान बाहिरको बाहेक ६१ जना कोरोना संक्रमित पुगेका छन् ।

कोरोना सङ्क्रमण धरानमा समुदाय स्तरमै देखिन थालेपछि अहिले उपचारमा समस्या देखिन थालेको छ । यो सँगै धरानको लकडाउनलाई थप के गर्ने विषयमा अहिले धरान उपमहानगरपालिकामा कार्यपालिका बैठक बस्दैछ ।