धरान : सङ्खुवासभाको चिचिला गाउँपालिका २ गोगनेमा निर्माणाधीन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङ्गा फुटाउने क्रममा माथिबाट अचानक ढुङ्गा झरी स्काईभेटरलाई किच्चा चालकको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानी ढुङ्गा कन्स्ट्रक्सन सेवा प्रा.लि. द्वारासंचालित बा २ क ५४०८नम्बरको एक्स्काभेटर चालक राक्सिराङ गाउँपालिका ५ मकवानपुरका ३१ वर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।