धरान : धरानमा आज बिहानै थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज संक्रमित हुनेहरूमा धरान ११ का ३९,४२ र ३६ वर्षीय ३ जना पुरुष, धरान १६ का १ जना २३ वर्षीय पुरुष, धरान १३ का २८ वर्षीय पुरुष, धरान १ का १ जना २५ वर्षीय पुरुष र धरान १९ का २६ वर्षीय १ जना पुरुषमा गरी जम्मा ७ जनाका कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

साउन २७ र २८ गते मास टेस्टिङको क्रममा स्वाब लिइएकाहरूको रिपोर्ट आएको हुन सक्ने प्रमुख मेहेताले बताए । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या अव ७१ पुगेको छ । सङ्क्रमितहरू एन्फा क्वारेनटाइनको पनि हुन सक्ने बताइएको छ । पूर्ण विवरण आउन बाकी रहेको छ ।