धरान : सामाजिक सञ्जाल मध्येको एक लोकप्रिय इन्स्टाग्राममा नेपाली युवतीलाई बिहे गर्ने प्रलोभनमा पारि ठगी गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ परेका छन् ।

ठगी गरेको आरोपमा रिपब्लिक डि अङ्गालोका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोस्टालाई ठमेलस्थित एक होटेलबाट प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिएका छन् । उनले युवतीसँग ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

बाग्मती प्रदेशकी एक २१ वर्षीय युवति ६ महिना अघि इन्स्टाग्राम प्रयोगकर्ता बनिन । बैङ्कमा काम गर्ने कर्मचारी भएकाले उनको अङ्ग्रेजी राम्रो थियो । प्राय अङ्ग्रेजी भाषामा स्ट्याटस पोस्ट गर्ने गर्थिन । उनी फलोवर्स सङ्ख्या बढाउन चाहन्थिन । इन्टाग्राममा मार्कि नरोएको नामबाट सन्देश आयो । उनी नरोए सँग अङ्ग्रेजी भाषाबाट कुरा गर्थिन । चिनजान गर्ने क्रममा आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताएका थिए । युवतिलाई विश्वास लागेन शङ्का सृजना भएपछि अस्पतालको तस्बिर मागिन । उनले तस्बिर पठाए । कुराकानी दैनिक हुन थाल्यो । केटाले केटीलाई नेपाल आएर तपाईँसँग विवाह गर्छु । तिमीलाई पनि लन्डन लान्छु भन्थे । तर केटीले १ पटक नेपाल आउन अनुरोध गरिन ।

केटाले नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड समेत पठाएको छु, भनी सामानको पार्सल फोटो समेत पठाए । केटीले विश्वास गरिन । केटाले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ मागे ।

केटा फागुन २४ गते नेपाल आएका थिए । बैङ्कबाट लोन लिएर भन्सार छुटाउन त हो नि पछि मेरै हुन्छ भनी रकम दिइन । यसरी गरगहनाको प्रलोभनमा दर्जनौँ लाखौँ युवति ठगीमा परेको महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले बताए ।

लकडाउनले होटलमा बसेकाले गर्दा आवश्यक परेको भनी वानेश्वर एभरेस्ट होटेलमा २० लाख रकम केटाले मागे । त्यस होटलमा प्रहरी समेत थिए । पुगी सम्पर्क गर्दा पुनः होटेल सोल्टीमा बोलाए पछि आफू ठगिएको ती युवतीले महसुस गरिन । उनले महाशाखाको टोलीलाई खबर गरिन । तत्काल महाशाखाको टोलीले डा. कोल्टालाई पक्राउ गर्‍यो ।

सिल्भालाई पक्राउ गरी ऊ बस्दै आएको होटल ठमेलमा छापा मारेर उनको कोठाबाट तीन लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकन डलर, एटिएम कार्ड, ल्यापटप, नक्कली हजार दरका तीन थान नोट र विभिन्न देशका मुद्रा ,नोट आकारको कालो कागजको बन्डल र विभिन्न केमिकलहरु फेला पारेको छ ।

राजधानीका केही महिलालाई आफ्नो माया जालमा पारी ३७ हजार लिएको समेत उजुरी आएको हुनाले सामूहिक रूपमा भेष परिवर्तन गरेर ठगी गर्ने गरेको एसपी बोगटीले बताए ।

पक्राउ परेका डा कोल्टालाई काठमाण्डौं जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । अङ्ग्रेजी भाषामा बोलेको कुरालाई नेपाली भाषामा परिवर्तन गरी बयान दिइरहेको बोगटीले बताए ।