धरान : धरान-११ मा सिंगापुरे लाहुरेसँग विवाह गरेकी २२ बर्षीया युवतीको रहस्यमय मृत्यु भएको भन्दै आज इलाका प्रहरी कार्यालय धरानले ४ जनालाई पक्राउ गरेको छ ।

केही महिना अघि धरान धरान-११ बस्ने आइत माबो सँग विवाह गरेकी सोनीहाङ्मा लिम्बु सोमबार मृत अवस्थामा कोठामा फेला परेकी थिइन् । उनले कोठामा झुन्डिएर आत्महत्या गरिएको भनी प्रहरीलाई खबर गरिएकोमा प्रहरी पुग्नु अघि सोनीहाङ्माको शव झारेर खाटमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

माइती पक्षले पनि सोनीहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा हिजो किटानी जाहेरी दिएको थियो । त्यही जाहेरीका कारण आज केटा पक्षका केटाका बुवा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

पक्राउ परेका उनीहरूलाई भोलि जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । यता माइती पक्षले पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने र अनुसन्धानको दायरामा ल्याउन माग गर्दै बिहान छलफल समेत गरेको थियो ।