धरान : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल धरान उपमहानगर कमिटीले बिजुलीको मिटर रिडिङ ढिलो हुँदा उपभोक्तालाई मर्का परेको भन्दै आज विद्युत प्राधिकरण धरानमा डेलिगेसन गएको छ ।

तरुण दलले लकडाउनको बेलामा बिजुलीको मिटर ढिलो रिडिङ हुँदा उपभोक्ताले पाउनुपर्ने छुट नपाएको, उपभोक्तालाई जरिवाना हुने, विद्युत प्राधिकरणको निर्णय सूचनाहरू उपभोक्ता सम्म पुर्‍याउनुपर्ने र विद्युत लाइन विस्तार गर्दा सर्वसाधारणको जग्गा हुँदै बिजुली लगिदा लाइन सार्नुपर्दा जग्गाधनीले लागेको खर्च बेहोर्नुपर्ने जस्ता कुरालाई खारेज गर्नुपर्ने माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरण धरान शाखाले पनि तरुण दलको माग र ध्यानाकर्षणका कुरालाई गम्भिररुपमा लिने र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको नेपाल तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए ।