धरान : इलामको माई नगरपालिका २ सेली डाँडा बस्ने विनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आज मध्यान्ह १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाइते भएकी नावालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































