धरान : सुनसरीमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान १६ मा हिजो साँझ एउटै घरमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार केही दिन अघि धरान १६ का कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कनट्र्याक्टमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिका देखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य प्रमुख मेहेताले बताए । ९ जना महिला ४ जना पुरुषमा कोरोना सङ्क्रमण भएको हो ।

श्रेष्ठ दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको कनट्र्याक्ट ट्रेसिङकाहरु र एन्फा क्वारेनटाइनमा रहेका ९७ जनाको स्वाब लिइएको मध्ये १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । धरानमा एउटै वडा र एकै ठाउँमा यत्तिका धेरै सङ्ख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो ।

यसै गरी स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार इटहरी उपमहानगरपालिकामा ७ जना महिला र ४ जना पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या १२२३ पुगेको छ । अहिले सम्म ५१६ जनाले कोरोना जितेका छन् भने ७ सय जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने ७ जनाको मृत्यु भएको छ ।