इटहरी : इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम आफूले विगतमा गरेको कमजोरी, र अनियमितता ढाकछोप गर्न विवादित अभिब्यक्ती दिएकी छिन् । केही महिना अगाडि तत्कालिन प्रमुख प्रशासकीय अधिकृतलाई थर्काउदै आफ्नो अनुकुलमा कर्मचारी नियुक्तीका लागि दवाव दिएको भिडियो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएर विवादित बनेकी इटहरीकी उपप्रमुख गौतमले सो विषय लुकाउन थप विवादित अभिव्यक्ति दिएकी छिन् ।

उपप्रमुख गौतमले उपमहानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाइलाई कर्मचारी नियुक्ति गर्दा आफूले भने अनुससारको काम गर्नु भन्दै थर्काएको र त्यसको जवाफमा अधिकृत चापागाइले मैले गर्ने होइन , सबै कानून बमोजिम हुन्छ भन्ने अभिव्यक्ति दिएको भिडियो भाइरल भएको थियो ।

एउटा जिम्मेबार तहको प्रमुख प्रशासकीय अधिकृतलाइ यसरी निम्न स्तरमा ओर्लिएर थर्काएको भिडियो भाइरल भएपछि आम सर्वसाधारण माझ बदनाम व्यहोरेकी उपप्रमुख गौतमले सो कुरालाइ ढाकछोप गर्नका लागि एक युट्युब च्यानलमार्फत आफ्नो सफाइ पेश गर्ने क्रममा प्रस्तुत गरेको आडियो सार्वजनीक भएको छ।

भाइरल भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तीको सो सन्दर्भमा 'कानुन बमोजिम हुन्छ भन्दा आफूले कुन कानुन बमोजिम गर्नु हुन्छ' भनेर उभिएर भनेको तर आफ्नो त्यो भनाइ एडिट गरेर नराखिएको बताएकी छिन । भाइरल भएको उक्त भिडियोमा प्रमुख प्रशासकीय अधिकृत चापागाइले कानुन बमोजिम हुन्छ भनी नसक्दै उपप्रमुख गौतम प्रमुख प्रशासकीय अधिकृतको कोठाको ढोकाबाट बाहिर निस्किएको स्पष्ट देखिन्छ । सो कुराबाट स्पष्ट हुन्छ कि उपप्रमुख गौतम प्रमुख प्रशासकीय अधिकृत चापागाइको जवाफ पछि तत्काल नाजवाफ भएर एक शव्द पनि नबोली ढोकाबाट बाहिरिएको देखिन्छ ।

अर्को कुरा उपप्रमुख गौतमले भोलेन्टियर कर्मचारी सबै राख्ने र आवश्यकता अनुसार नयाँ कर्मचारी राख्ने कुरा गरेकी छिन ।

भोलेन्टियर कर्मचारी यथावत नै राख्ने कुरा भए २०७६ साल असोज १ गते पदपूर्तिको सुचना प्रकाशन गरेर जनताको परीक्षा दस्तुर वापतको रकम किन लिइयो ?

अन्तवार्ता मात्र लिएर कार्यालय सहयोगी नियुक्ति गर्ने गरी सुचना निकालेर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चापागाइले सेटिङ्ग मिलाएको समे उनले आरोप लगाएकी छिन । तर प्रमुख प्रशासकीय अधिकृत चापागाइ इटहरीमा २०७६ सालको पुस महिनामा मात्र सरुवा भएर आएका हुन जबकी उनी सरूवा भएर आउनु झण्डै चार महिना अघि २०७६ सालको असोज १ गते नै १३ जना कार्यालय सहयोगीको नियुक्ति मौखिक र अन्तर्वाताबाट मात्र गर्ने भनी उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको स्पष्ट छ ।

अनी आफू पनि जिम्मेबार पदमा छु भन्ने उपप्रमुख गौतमले असोज १ गते नै केवल अन्तर्वातामात्र गरेर कर्मचारी नियुक्त गर्ने सुचना प्रकाशित भइ प्रकृयामा अगाडि बढेको विषयलाइ लिखित परीक्षा चै नगरी रातारात अन्तर्वाताबाट कर्मचारी नियुक्ति गर्ने प्रपञ्च गर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाइको षडयन्त्र भन्ने मिल्छ र रु प्रमुख प्रशासकीय अधिकृत चापागाइ त अन्तर्वाताबाट कर्मचारी नियुक्ति गर्ने निर्णय गरी उक्त सुचना प्रकाशित भएको झण्डै चार महिना पछि पुस महिनामा सरुवा भएर आएका हुन ।

यस सम्बन्धमा हाल सोलुखुम्बुमा कार्यरत तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चापागाइले इटहरीमा कार्यरत रहदा जनप्रतिनिधिले आफ्नो अनुकुल प्रयास गरेपनि आफूले कानून विपरित हुन नदिएको बताए । आफू सरुवा भइ गत पुसमा हाजिर भएको र आफू हाजिर हुनु भन्दा चार महिना अघि गत असोज १ गते प्रकाशित सुचनाको आधारमा बढेको प्रकृयालाइ आफ्नो नाम जोडेर प्रस्तुत गर्नु असान्दर्भिक हुने स्पष्ट पारे ।

के हो त वास्तविकता ?
१९ जना सहायक कम्प्युटर अपरेटरको पदका लागि लिखित परीक्षा सम्पन्न भई अन्तर्वाताका लागि २०७६ साल फागुन २९ गते र कार्यालय सहयोगीका लागि २०७६ साल फागुन २२ देखि चैत्र ३ गते सम्मका लागि सुचना प्रकाशन गरिएकोमा सहायक कम्प्युटर अपरेटरको लिखित परीक्षामा हाल कार्यरत एक जना मात्र कर्मचारी पास भए पछि अब भोलेन्टियर कर्मचारीको जागिर जाने भयो भनी उपप्रमुखले कोरोनाको कारण देखाउदै चर्को दबाब दिई थर्काउँदै अन्तर्वाता रोक्न बाध्य बनाएको स्रोतले बतायो ।

letter-ita20

संघीय सरकारले २५ जना भन्दा बढी मान्छे भेला हुन नपाउने निर्णय २०७६ साल चैत्र ५ मा मात्र गरेको थियो । तर अन्तर्वाता चैत्र ३ मा नै सकिने गरी निर्धारण भएको थियो । तर संघीय सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गर्नु एक हप्ता अगावै सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने भनी निर्णय गरेकोले उपप्रमुख गौतमले एक हप्ता अगाडि नै अन्तर्वाता रोकेको भनेर आफ्नो बचाउ गरेकी छिन । त्यस पछि पुनः उमेद्वार सिफारिस समितिको निर्णय अनुसार चैत्र ६ गतेदेखि १७ गतेसम्म अन्तर्वाताका लागि सुचना प्रकाशन गरिएकोमा कोरोना र लकड़ाउनको कारण देखाई हालसम्म पनि अन्तर्वाताको लागि सुचना प्रकाशन गरिएको छैन ।

युट्युव च्यानलमार्फत उपप्रमुख गौतमले नगरपालिकामा ज्यालादारीमा कर्मचारी नियुक्ति नगर्ने नीति थियो भनेकी छिन तर उनकै ठाडो आदेशमा इटहरी उपमहानगरपालिका मातहत रहेको आयुर्वेद शाखामा कामसंग कुनै अनुभव नभएका दुईजना आफ्ना नजिकका नातेदारलाइ पनि ज्यालादारी कर्मचारीको रुपमा नियुक्ति दिएकी छिन् । उपप्रमुखको आफन्त भएकैले होला, उनीहरुको काम कार्यालय आउछन अनी हाजिर गरेर टाप कस्ने गरेकाे एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

सामाजिक सञ्जालमा सस्तो लोकप्रियताकालागि छाउने गरेकी उपप्रमुख गौतमले गरेका विवादास्पद कार्य र अनियमितता बारे सबन्धीत निकायले अनुसन्धान गर्नुपर्ने सरोकारवालाहरु बताउछन ।