धरान : धरान उपमहानगरपालिका-१५ नं. वडा समितिको आयोजनामा अन्तर बाल समूह वक्तृत्वकला प्रतियोगिताका सम्पन्न भएको छ । १५ नं. वडा बाल सञ्जालको संयोजकत्वमा सम्पन्न प्रतियोगिता २९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम शिवगंगा बाल क्लबका मेनुका दर्जी, द्वितीय हिबिसकस बाल समूहका अनुप झा, तृतीय नवज्योति बाल क्लबका प्रलाद भट्टराई र सान्त्वना नीराजन बाल क्लबका विवेक वि.क.भएका थिए । उनीहरूलाई धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालय वडाध्यक्ष तथा प्रमुख अतिथि नरेश ईवारामले आजका प्रतिभावान, चरित्रवान् र मेधावी बालबालिकाहरू मात्र भोलिका असल र ठुला मानिस बन्न सक्ने भएकाले हामी सबैले बालबालिका क्षेत्रमा लगानी गर्नुपर्ने वडाध्यक्ष नरेश ईवारामले बताए ।

वडा बाल सञ्जालका अध्यक्ष विनोद रायमाझीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजयीहरूलाई धरान १५ नं.वडाका सदस्यहरू ज्ञानेन्द्र कार्की, रामकाजी राई र जानुका कार्कीले प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रत्येक वर्ष भाद्र २९ गते मनाइने बाल दिवसको नारा यस वर्षकोलागि बापतमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता भन्ने नारा रहेको छ । वक्तृत्व प्रतियोगिताको विषय बाल दिवसमा बालबालिकाको भूमिका भन्ने रहेको थियो । प्रतियोगिताको निर्णायक धरान सिटी कलेजका प्राध्यापक डीवी श्रेष्ठ रहेका थिए ।

बाल अधिकार महासन्धि १९८९ लाई १४ सेप्टेम्बरलाई नेपालले १९९० मा अनुमोदन गरेको थियो । त्यसैले हरेको वर्ष भर्दै २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिएको वडाकी सामाजिक परिचालकले दीपिका कार्कीले बताए ।