धरान : असतोमा सदगमय धरानले बाल दिवसको अवसरमा सरस्वती बाल आश्रमका बाल बालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

असतोमा सदगमय धरानले २८ थान कपी, ४० थान डटपेन, १ प्याकेट इलेजर, १ प्याकेट सापनर वितरण गरेको सचिव सुधाकर पोख्रेलले जानकारी दिएका छन् । समाजमा निस्स्वार्थ सेवा गर्ने हेतुले खोलिएको यस संस्थाले २०७७ वैशाख १ गतेका अवसरमा घर घरमा वृक्षारोपण फोटो प्रतियोगिता कार्यक्रम एवम् मनोरञ्जनात्मक कार्यक्रम, फोटो कन्टेष्ट प्रतियोगिता आदि विभिन्न कार्य गरी निरन्तर जनचेतना फैलाउने काम गरी रहेको छ ।

असतोमा सदगमय धरानका अध्यक्ष निसान नेपालका अनुसार “भविष्यमा पनि यस्ता कार्यहरू निरन्तर अनन्त काल सम्म जारी रहनेछ र यस संस्था सामाजिक हितका कार्यहरू गरी रहने छ ।