धरान : धरान १७ बिच घोपाका एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

धरान १७ बिच घोपाका ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । उनलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको अवस्था गम्भीर रहेकोले बीपीमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । केही दिन अघि देखि उनी बीपीमा उपचाररत रहेका थिए । थप विवरण आउन अझै बाँकी रहेको छ । प्रतिष्ठानले भने अहिले सम्म आधिकारिक जानकारी दिएको छैन ।