धरान : धरानमा आज साँझ ६ प्रहरी, ७ सेना सहित थप २६ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार आज साँझ थपिएकाहरूमा प्रहरीहरू धरान ८ का २५ बर्षीया २२ बर्षीया महिला, धरान १५ ठेगाना रहेका ३८ बर्षीया परुष, एक जना उमेर नखुलेका पुरुष र धरान १५ कै २८ बर्षीया महिला र धरान १९ ठेगाना लेखिएको ५१ वर्षीय पुरुष गरी जम्मा ६ जना रहेका छन् । यी संक्रमित प्रहरी मध्ये ४ जना इलाका प्रहरी कार्यालय धरानका र २ जना वडा प्रहरी कार्यालयका प्रहरी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

यसै गरी धरान १३ फुस्रे स्थित नेपाली सेनाका २७,४८,२२,३४,२५,३६र ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थपिएका कोरोना सङ्क्रमितहरूमा धरान १७ का १० जना रहेका छन् । धरान १७ का ६४,३२,४०,१८,४० बर्षीया महिला, ३६,४३,३७,४० र २२ वर्षीय पुरुष गरी जम्मा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै धरान १५ का १ जना ३५ वर्षीय पुरुष र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत धरान ७ का ४२ वर्षीय, धरान १२ का ३८ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज कोरोना सङ्क्रमण भएकाहरु भदौ २८ गते एन्फा क्वारेनटाइनमा ७५ जनाको स्वाब लिइएको मध्ये २४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए । बीपीका २ जनाको भने २९ गते स्वाब लिएको थियो ।

आज थपिएका कोरोना संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५७ पुगेको छ ।