विप्लव माओवादीको विद्यार्थी सङ्गठनले गरेको रक्तदान कार्यक्रममा प्रहरीको हस्तक्षेप

  • भदौ ३१, २०७७
  • ५८५ पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : विप्लव माओवादी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी) ले गरेको रक्तदान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला कमिटीले महामारीका कारण उत्पन्न भएको रगत अभावलाई मध्यनजर गर्दै मङ्गलवार धरानमा गरेको रक्तदान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारद्वारा प्रतिबन्धित रहेको नेकपा माओवादी सम्बद्ध विद्यार्थी सङ्गठनको कार्यक्रममा हस्तक्षेप भएको हो । धरान रेडक्रसको प्राविधिक सहयोगमा रेडक्रस भवनमा आयोजना गरेको कार्यक्रममा २५ ब्लड सङ्कलन भएपछि प्रहरीले हस्तक्षेप गरेको अखिल(क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष नतासा सुबेदीले बताइन् ।

महामारीको समयमा अस्पतालमा रगत अभाव भएको बुझेपछि आफूहरूले कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

केही दिन अघि मात्र सङ्गठनको केन्द्रीय समितिले सबै जिल्ला देखि इकाई सम्मलाई रक्तदानमा सहभागी हुन विज्ञप्ति मार्फत आह्वान समेत गरेको थियो। सोही बमोजिम सुनसरीमा पनि कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved