धरान : आज बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । 

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धरान लगायत पुर्वका विभिन्न जिल्लाहरूका साथै काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । 

अहिले सम्म भूकम्पले के कति क्षति पुर्‍याएको छ भन्ने बारेमा जानकारी प्राप्त भएको छैन ।