धरान : सुनसरीमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना पुरुष, गढी गाउँपालिकामा ५ जना पुरुष, कोशी गाउँपालिकामा ४ जना पुरुष गरी जम्मा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय १९ पुगेको छ । 

सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६ सय १० पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ७ सय २ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।