धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको आफू श्रीमती भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेकी बालिका खड्काले अदालतको म्यादै नपुगी मुद्दा फिर्ता लिएकी छन् ।

मुख्यमन्त्री राईको नामसँग जोडेर बोल्दै आएकी खड्काले आफू नै झुटो भएको भन्दै मुद्दा फिर्ता लिएपछि काठमाडौँ जिल्ला अदालतले आज आरोप खारेजीको फैसला गरेको छ ।

मुख्यमन्त्री राईका विषयमा अतिरञ्जित अभिव्यक्ति दिँदै अदालत सम्म पुगेकी खड्काले कसैबाट आफू दुरुत्साहन भएको भन्दै आफूले लगाएको आरोप प्रमाणित गर्ने आँफुसँग कुनै पनि आधार प्रमाण नभएको भन्दै बास्तविकरुपमा आफूसँग त्यस्तो कुनै सम्बन्ध नरहेको र नाता कायम हुन नसक्ने भए पनि आफूले अंश दाबी गर्न समेत नसक्ने भएको हुँदा कार्तिक १८ गतेको तारिख तोके पनि सो तारेख खिची मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम मुद्दा फिर्ता लिएकी हुन् ।

अदालतको आदेशमा ‘यसको मतलब र परिणाम समेत बादीलाई सम्झाउँदा बुझाउँदा समेत मुद्दा फिर्ता लिन मन्जुर भई सहीछाप समेत गरिदिएकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९६, ९२० बमोजिम मुद्दा फिर्ता गरिएको छ भनिएको छ ।

मुद्दा हाल्ने स्वयं उपस्थित भई मुद्दा फिर्ता लिएपछि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९६ बमोजिम मुख्यमन्त्री राईले आरोपमा अदालतबाट सफाइ पाएका छन् ।

Mudda-1

Mudda-2

तस्बिर : नागरिक खबर डटकम