धरान : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएको १८ दिनपछि आज घिमिरे कोरोना सङ्क्रमण मुक्त भएका हुन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । 

सङ्क्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए । १८ दिनको एकान्तबासपछि सङ्क्रमण मुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

 प्रदेश १ मा पाँच हजार एक सय कोरोना सङ्क्रमित छन् । ती मध्ये दुई हजार १ सय सङ्क्रमण मुक्त छन् । सक्रिय सङ्क्रमित  मध्ये आधा भन्दा बढी होम आइसोलेसनमा छन् ।