धरान :  विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोसी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनुसार ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा गए राति ११ बजे कोसी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टा पछि उनको मृत्यु भएको थियो । मृत्यु पछि आज बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले ति पुरुषलाई लाइफ गार्ड अस्पताल विराटनगर पुर्‍याएका थिए । अस्पतालले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोसी अस्पताल पठाएको थियो । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।