धरान : धरान १६ मा सानै देखि मावली बस्दै आएकी युवती झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

हिजो बेलुका राति ९:३० बजेको समयमा २२ वर्षीय अप्सरा परियारलाई पङ्खामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा देखेको स्थानीयले प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

ओलीका अनुसार अप्सरा कक्षा १२ को अध्ययन सकेर सामान्य जागिर गर्ने गर्थिन । उनका बुबाले अर्की विवाह गरेपछि उनकी आमा मावली नजिकै कोठा भाँडामा बस्थिन ।

उनको आमाको माइतका सबै परिवारलाई घरमा खाना खान बोलाएको तर अप्सना भने आफू बिरामी भएको नजाने बताएकी थिइन ।

अप्सना अलि जिद्दी स्वभावकी भएकाले कर पनि नगरेको फर्किदा मृत भेटिएको परिवार जनको भनाइ छ ।

घटना स्थलको मुचुल्का गरी शव पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मर्चरीमा राखिएको शरीरमा कुनै चोटपटक नदेखिएको ओलीले जानकारी दिए ।