धरान : विवाहको छ वर्ष सम्म निसन्तान रहेकी महिलालाई सन्तान हुने बनाइदिने प्रलोभनमा पारेर धामी झाँक्रीको काम गर्नेले बलात्कार प्रयास गरेपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ का  पैँतिस  वर्षीय बौना रामलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए। 

गाउँघरमा धामी झाँक्रीको काम गर्दै हिँड्ने व्यक्तिले महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी परेको थिए। सन्तानको आशामा रहेकी महिलालाई उनले आफ्नो घरकै पूजा कोठामा लगेर बलात्कार प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ।

एक महिलालाई झारफुक गरेर गर्भ रहने बनाइदिन्छु भन्दै उनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।  धामीले खीरमा लट्याउने औषधी हालेर बेसोहीको अवस्थामा पुगेपछि बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।

प्रहरीले झाँक्रीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको खड्काले बताए।