धरान : भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा आज बिहान धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा समेत ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ  ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको झन्डा ओढाएका थिए भने सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बिहान निधन भएकी ४५ बर्षीया उपाध्यक्ष राईको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ । राईको शवलाई हेलिकोप्टर मार्फत लाने तयारी भइरहेको छ ।

उपाध्यक्ष राईलाई गत भदौ २७ गते ज्वरो आएपछि भदौ २९ गते घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिएको थियो । त्यहाँ उनलाई जन्डिस देखा परेको थियो । त्यस पछि भदौ २७ गते ज्वरो आएको थियो । असोज १ गते बेलुका डिस्चार्ज गर्ने तयारी हुदैगर्दा उपाध्यक्ष राईलाई बिहान एक्कासि पखाला लागेको र रक्तचाप समेत कम देखिएपछि समस्या भएको थियो । त्यसपछि जिल्ला अस्पताल भोजपुरको सुझाव अनुसार त्यही दिन दिउसो ३ बजेतिर सहयोगीका साथ एम्बुलेन्सबाट वीपी प्रतिष्ठान पठाइएको थियो ।‘

वीपीमा उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पतालमा लगेर आइसियुमा राखिएको थियो । हिजो बिहान ३ बजे तिर उपाध्यक्ष राईको निधन भएको आफन्तले बताएका छन् । राई उनी तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । हाल नेकपा जिल्ला कमिटी सचिवालय हुन् । उनी भाइ बुहारीको साथमा बस्दै आएकी थिइन् ।

Sradanjali-2