झापा:  झापामा आइतबार बिहान एकजनाको शब फेला परेको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ स्थित कमल खोलाको पुलमा आईतबार बिहान बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोईरालाले जानकारी दिए।

स्थानीयले कमल खोलामा आएको बाढीले बगाएर सो शव ल्याएको हुन सक्ने बताएका छन् । शुक्रबार ईलाम लगायतका पहाडी जिल्लामा भारी बर्षा भएको थियो । जसका कारण खोलामा पानिको बहाव बढेको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ र कमल गाँउपालिका वडा नम्बर ४ को कमल खोलाको निर्माणाधिन पुलमा अड्किएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको पहिचान हुन सकेको छैन ।