धरान : धरानमा आज बिहान थप ७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज थपिएकामा धरान-९ का ३ जनामा एक जना उमेर नखुलेका १ जना पुरुष, अर्को एक जना पुरुष र अर्को ४२ वर्षीय महिला रहेका छन् । यसै गरी धरान-१८ का ३६ वर्षीय पुरुष, धरान-१९ का ३६ बर्षीया महिला, धरान-११ का ७४ बर्षीया महिला र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको लन्ड्रीमा काम गर्ने कर्मचारी १ जना पुरुष गरी ७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९५ पुगेको छ ।